I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

आधुनिक चिकित्सा विज्ञानमा रोग पत्ता लगाउन, निदान गर्न र उपचारका लागी क्लिनिकल ल्यावोरेटोरीको विशिष्ट योगदान हुन्छ । यो पाठ्यक्रम मुलुकमा आवश्यक मध्यमस्तरीय मेडिकल ल्याव टेक्निसियनका लागि ज्ञान, शीप र अनुशासनले सुसज्जित स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि तयार पारिएको हो ।
उपचार र निदानमा संलग्न सबै स्वास्थ्य संस्थाहरुमा मेडिकल ल्याव विभागको व्यवस्था गरिएको हुन्छ । सामान्य रोगको उपचार गर्ने क्लिनिकदेखि विशिष्ट चिकित्सा सेवा प्रदान गर्ने सबै अस्पतालहरुमा स्तर र आवश्यकता अनुरुपको परीक्षण गर्नका लागि मेडिकल ल्यावमा विभिन्न योग्यता भएका स्वास्थ्य प्राविधिकहरुको दरबन्दी गरिएको हुन्छ ।
यो कार्यक्रमको उद्देश्य मेडिकल ल्यावोरेटोरी भएका स्थापित स्वास्थ्य संस्थाहरुमा सबै प्रकारका नियमित तथा विशेष खालका परिक्षण गर्न सक्ने ल्यावोरेटोरी प्राविधिज्ञ उत्पादन गर्नु हो । यो जनशक्ती मेडिकल ल्याव टेक्नोलोजिष्टको मातहतमा रही काम गर्न योग्य जनशक्ति हो । यो कोर्ष उत्तीर्ण गरेका व्यक्तिले सरकारी अस्पतालामा छैठौ तह र अन्यमा राजपत्रअनंकित प्रथम श्रेणीमा जागिर खाना पाउँछन् । हाल नेपालका धेरै स्वास्थ्य संस्थाहरुमा यो जनशक्ति अपुग छ ।
यो कोर्ष उत्तीर्णले BMLT - Bachelor of Medical Lab Technology (यसै विषयको स्नातक तह्) अध्ययन गर्न पाउँछ । यसका साथै यो कोर्ष उत्तीर्णले उच्च माध्यमिक शिक्षा परिषद बाट सन्चालित विज्ञान विषयको Refresher Course पुरा गरेपछी MBBS अध्ययन गर्न पाउँछ । पढाई पुरा भएपछी तत्काल जागिर पाउने र आफुले चाहेको विषय पढ्न पाउने हुनाले यो कोर्ष मध्यम वर्गीय आम्दानि भएका विद्यार्थी तथा अभिभावकका लागि अति उपयुक्त छ ।
एस.एल.सी. मा ४५ प्रतिशत वा प्राविधिक एस.एल.सी. तहको मेडिकल ल्याव टेक्नोलोजीमा ६८ प्रतिशत ल्याई उत्तीर्ण गरेको
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक ...Read More
Welcome to KSMT 2010-02-05
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक ...Read More