I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

आधुनिक चिकित्सा विज्ञानमा रोगको निदान गर्नका लागि रेडियोलोजी (एक्सरे र सो सम्बन्धी जाँच पडताल) को विशिष्ट योगदान हुन्छ । यो पाठ्यक्रम मुलुकमा रेडियोलोजी विभागमा आवश्यक मध्यम स्तरिय जनशक्ती (रेडियोग्राफर्) का लागि ज्ञान्, सिप र अनुशासनले सुसज्जित स्वास्थ्य प्राविधिक जनशक्ती उत्तपादन गर्नका लागि तयार पारिएको हो ।
उपचार र निदानमा संलग्न प्राय: सबै स्वास्थ्य संस्थाहरुमा कम्तिमा पनि एक्सरे विभागको व्यवस्था गरिएको हुन्छ । सामान्य रोगको उपचार गर्ने क्लिनिकदेखी विशिष्ट चिकित्सा सेवा प्रदान गर्ने सबै अस्पतालहरुमा स्तर र आवश्यकता अनुरुपको परिक्षण गर्नका लागि रेडियोग्राफ्रीमा विभिन्न योग्यता भएका स्वाश्थ्य प्रविधिकहरुको दरबन्दी गरिएको हुन्छ ।
यो कार्यक्रमको उदेश्य रेडियोलोजी विभाग भएका स्थापित स्वाश्थ्य संस्थाहरुमा सबै प्रकारका नियमित तथा विशेष खालका परिक्षण गर्न सक्ने रेडियोग्राफर प्राबिधिक उत्त्पादन गर्नु हो । यो जनशक्ती रेडियोग्राफी टेकनोलोजिस्टको मातहतमा रही काम गर्न योग्य जनशक्ती हो । यो कोर्ष उतिर्ण गरेका व्यक्त्तिले सरकारी अस्पताल म छैठौ तह र अन्यमा राजपत्रअन्ंकित प्रथम श्रेणिमा जागिर खान पाउँछ ।
यो कोर्ष उत्तीर्णले BScRT-Bachelor of Science in Radiography Technology (यसै विषयको स्नातक तह्) अध्ययन गर्न पाउँछ । यसका साथै यो कोर्ष उत्तीर्णले उच्च माध्यमिक शिक्षा परिषदबाट सन्चालित विज्ञान विषयको Refresher Course पुरा गरेपछी MBBS अध्ययन गर्न पाउँछ । पढाई पुरा भएपछी तत्काल जागिर पाउने र आफुले चाहेको विषय पढ्न पाउने हुनाले यो कोर्ष मध्यम वर्गीय आम्दानि भएका विद्यार्थी तथा अभिभावकका लागि अति उपयुक्त छ ।
एस. एल. सी. मा ५० प्रतिशत वा प्राविधिक एस. एल. सी. तहको रेडियोग्राफिमा ६८ प्रतिशत ल्याई उत्तीर्ण गरेको
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक ...Read More
Welcome to KSMT 2010-02-05
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक ...Read More